नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

केन्द्रबिन्दु
240
Shares

काठमाडौँ । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । शिवपुरी गाउँपालिका–७ मा ४ यात्रु बोकेको हेलिकप्टर खसेकाे हाे ।

शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

हेलिकोप्टरमा ४ जना सवार रहेको बताइएको छ । कोइरालाका अनुसार स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेका छन् । दिउँसो १ बजेर ३० मिनेटमा चिनियाँ पर्यटक लिएर स्याफ्रबेंसी उडेको एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटना भएको हो । क्याप्टेन अरुण मल्लले उडाएको उक्त हेलिकोप्टरमा क्याप्टेन र ४ विदेशी सवार रहेका एसपी कोइरालाले बताए । स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर दुर्घटनामा परेको हो ।

नेपालमा पहिलो दुर्घटना नै उच्चस्तरीय टोली (भीभीआईपी) सवार हेलिकप्टर दुर्घटनामा परेको थियो । २०३६ साल पुस १२ गते भएको पहिलो हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

Logo