१०८ अंकले बढ्यो नेप्से, झण्डै १८ अर्बको कारोबार

१०८ अंकले बढ्यो नेप्से, झण्डै १८ अर्बको कारोबार

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १०८. ३५ अंकले बढेको छ । उक्त अंकले नेप्से बढ्दा २७५९.६७ बिन्दुमा इन्डेक्स पुगेको हो ।

हिजो (मंगलबार) नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा कायम हुँदा सेयर लगानीकर्ताको डराइ रहेको अवस्था थियो । आज पुनः सेयर बजार बढ्दा लगानीकर्तामा रौनक छाएको छ ।

धितोपत्रको दोस्रो बजारमा आज १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक एकै दिन ४.०८ प्रतिशतले बढेको हो । नेप्से बढ्दा अधिकांश कम्पनीको सेयर मूल्यमा पनि बृद्धि आएको छ । आज फाइनान्स समूहको २.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.१३ प्रतिशत, बैंकिङ्ग समूहको २.३२ प्रतिशत र विकास बैंक समूहको ४.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

Logo