बारा पर्सामा राहत वितरण भद्रगोल

बारा पर्सामा राहत वितरण भद्रगोल

केन्द्रबिन्दु
0
Shares

बारा

पर्सा र बारामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट पीडित गरिएको राहत वितरण भद्रगोल भएको छ ।

संघीय र प्रदेश सरकारले घोषणा गरेको राहत रकम आइपुग्न समय लागे पनि विभिन्न निजी क्षेत्रका व्यक्ति तथा संस्थाले वितरण गरेको राहत व्यवस्थित हुन सकेको छैन ।

घरबारविहीन र आफन्त गुमाएका पीडितले समान तरिकाले लत्ताकपडा तथा खाद्यान्न पाउन सकेका छैनन् । खुला आकाशमुनि बस्न बाध्य पीडितहरुलाई अहिले राहत बाँड्ने भनेर विभिन्न सामाजिक संस्था, प्रतिष्ठान, सहकारी, बैंक तथा क्लबहरु पुगेका छन् । तर उनीहरुलाई बाँडिएको सामान अस्तव्यस्तता देखिएको छ । सोमबार र मंगलबार दिनभरि २ दर्जन भन्दा बढी संस्थाले प्रभावित गाउँमा पुगेर झुल, औषधि, शुद्ध खानेपानी वितरण गरिरहेका छन् ।

पर्साको जगरनाथपुर, बाराको खुटवा, भलुही, भरवलिया, गछियाटोला, विनबलिया र पुरैनियामा दाताहरु पुगे पनि त्यो व्यवस्थित हुन नसकेको पीडितहरुले गुनासो गरेका छन् ।

घर भत्केर ओत लाग्ने ठाउँ नभएको र आफूले त्रिपालसमेत नपाएको बताउने पीडितको संख्या गाउँमा दर्जनौं छ । भरवलियाकी असमतिया देवीले एक थान झुलसमेत कसैले नदिएको गुनासो गरिन् ।

बाराको जितपुर सिमरा १० बलुवा बेहराका स्थानीयले गाउँमै आपसमा चन्दा उठाएर चामल, दाल, आलु, चाउचाउ, भुजा र कपडा लिएर आएका थिए । तर उता भरवलियामा मंगलबार साँझ ५ बजेसम्म कतिपय पीडितहरुले नुन समेत पाएका थिएनन् ।

‘हावाले सबै थोक लग्यो, एउटा लोटा पनि छोडेन, यस्तोमा हामीलाई सबै थोकको खाँचो छ,’ ७० बर्से स्थानीय दरोगा राउतले भने, ‘सबैलाई कमी छ, जसले सक्यो त्यसले लियो, नसक्नेले पाएनन् । वीरगन्जबाट अण्डा लिएर बाँड्न पुगेको एउटा सहयोगी टोलीको अण्डा खोसाखोस भएको थियो। राहत बाँड्ने संस्थाहरुले मनपरी ढंगले बाँडेको पीडितहरुले आरोप लगाएका छन् ।
नागरिकबाट

Logo