काठमाडौं । काठमाडौंको बाफलमा एक व्यक्तिको हत्या गरिएको छ । अन्दाजी २५ वर्षको बेवारिसे पुरुषको हत्या गरिएको हो । बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खाने व्यक्तिको हत्या गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीसँगै अन्य दुईं तीन जना साथीहरु बस्दैं आएका थिए ।
घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको छ । प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको छ । घटनापछि उनीसँगै बस्ने अर्का युवक फरार भएका छन् ।
घटनामा संलग्नको खोजी भइरहेको बोगटीको भनाई छ । अनुसन्धानका लागि प्रहरीले विज्ञ कुकुर घटनास्थलमा ल्याएको थियो । तर त्यो विज्ञ कुकुरले पनि घटनाको सम्बन्धमा कुनै सुराक दिन सकेन ।
घटनास्थलमा सबुत सुघाँएर छाडिएको कुुकर दौडिँदै सोल्टी दोबाटोसम्म पुगेर त्यहाँबाट फर्किएको प्रहरीले जनाएको छ । त्यो क्षेत्रमा अत्यधिक भीड हुने कारण कुकुरले अभियुक्तको बाटो पहिचान गर्न नसकेको हो ।





























प्रतिक्रिया