भुवन प्रकाशको “ए माछी” बजारमा ( भिडियो सहित )

भुवन प्रकाशको “ए माछी” बजारमा ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विगत २ दशक भन्दा अघिदेखी नेपाली गीत संगीतको क्षेत्रमा अनवरत लागी परेका गायक तथा संगीतकार भुवन प्रकाश बडुको “ए माछी” बजारमा आएको छ ।

गोपाल सुचिकारको शब्द तथा संगीत रहेको गीतमा गायन तथा संगीत संयोजन स्वयं बडुको रहेको छ । बिग परिवेश स्टुडियोमा रेर्कड भएको गीतको मिक्सिङ तथा मास्टरिङ जिवन बडुले गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन कैलाश प्रवीण र केशवराज भट्टको रहेको छ ।

छाँयाकन रमेश मल्लले नेपालको पश्चिम क्षेत्र नेपालगञ्ज, बर्दिया र कर्णाली नदिको आसपासको क्षेत्रलाई निकै मनमोहक तरिकाले क्यामरामा कैद गरेका छन् । गितको अभिनयमा गायक बडु नै रहेका छन् भने उनलाई निशा शाहीले साथ दिएकी छिन् ।

अमन बडुले सम्पादन गरेको यस गितको म्युजिक भिडियो विग परिवेष रेर्कडिङ स्टुडियोको अफिसियल युटुवच्यानलबाट आम दर्शक तथा स्रोतामाझ ल्याईएको छ । गितको म्युजिक भिडियो यस्तो छ :

 

Logo