आईपीएल अन्तर्गत अहिले दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पञ्जाब विच खेल भइरहेको छ । टस जितेर फिल्डिङ रोजेको दिल्लीले पञ्जाबका ३ विकेट लिइसकेको छ ।
पञ्जाबको पहिलो विकेटका रुपमा दिल्लीका क्रिश मोरिसले केएल राहुललाई एलबीडब्ल्यू आउट गरेका हुन् । राहुलले ११ बलमा १५ रन बनाएका थिए ।
चौथो ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले दोस्रो विकेट लिए । उनले साम कुर्रनलाई एलबीडब्ल्यू आउट गरे । एक ओभरमा १० रन दिएका सन्दीपले कुर्रनलाई २० रनमा पेभेलिएन फर्काए ।
यसअघि कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा पनि सन्दीपले एक विकेट लिएका थिए । ताजा अवस्थामा किंग्स इलाभेनले १२.४ ओभरको खेल सकिंदा ३ वीकेटको क्षतिमा ११६ रन बनाएको छ । खेल जारी छ ।





























प्रतिक्रिया