प्रदेश नं.२ सरकारद्वारा राहत तथा उद्धार समिति गठन

प्रदेश नं.२ सरकारद्वारा राहत तथा उद्धार समिति गठन

केन्द्रबिन्दु
0
Shares

प्रदेश, नं. २ मा आइतबार साँझ आएको हावाहुरीका कारण मानविय र भौतिक क्षति भएपछि सरकारको आकस्मिक बैठक बसेको छ । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय राहत तथा उद्धार समिति गठन गरेको छ ।

सो समितिमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, उद्योग तथा पर्यटनमन्त्री रामेश्वर राय, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र कानून मन्त्रालयका उपसचिव समितिको सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

बैठकले प्राकृतिक विपदमा परी निधन भएका परिवारलाई जनही ३ लाख उपलब्ध गराउने, घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने तथा प्रभावित क्षेत्रमा खाना एवं कपडाको व्यवस्था गर्ने निर्णय गरेको छ । सरकारले राहत तथा उद्धारमा सहयोग गर्न सबै पक्षलाई आह्वान गरेको छ ।

Logo