देश पूर्णरूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छः कुलमान घिसिङ

देश पूर्णरूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छः कुलमान घिसिङ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देश पूर्ण रूपमा छिटै विद्युतीकरण भए घोषणा गर्ने अवस्थामा पुगेको बताएका छन् । घिसिङ प्राधिकरणको निर्देशक भएको तीन वर्ष पुगेको उपलक्षमा पत्रकार सम्मेलन गर्दै सो विषयको जानकारी दिएका हुन्।

‘आज भन्दा ८ वर्ष अघि २९ लाख ७० हजार विद्युतका ग्राहक संख्या थियो, हाल सामुदायिक सहित ५९ लाख ३५ हजार ग्राहक संख्या पुगेको छ, विकट वस्तिको पहिचान गरेर विद्युतको पुर्याउने कार्य भइरहेको छ,’ उनले भने ।

प्राधिकरणको स्रोतबाट विद्युतीय क्षेत्रको विकासको लागि ठूलो लगानी भएको घिसिङले जानकारी दिए । स्थानीय तहसँगको साझेदारीमा स्मार्ट सडक बत्ती जडान साथै विद्युतकाे पहुँच पुर्याउने कार्य भइरहेको उनले बताए ।

घिसिङका अनुसार ८ वर्ष अघि ३ अर्ब ३२ करोड युनिट खपत हुने विद्युत् अहिले १० अर्ब २३ करोड युनिट खपत भइरहेको छ । प्रति व्यक्ति ऊर्जा खपत १३१ युनिटबाट बढेर ४०० युनिटमा पुगेको पनि उनले बताए ।
आन्तरिक खपत बढाउने विषयमा सफल भएको उनको भनाइ छ । ‘अहिले विद्युतीय सवारीको प्रयोग बढेको छ, यसको प्रयोग बढ्दै जाँदा विद्युत् खपत पनि बढ्दो क्रममा छ, प्राधिकरण आफैले अहिलेसम्म वटा चार्जिङ स्टेशन बनाई सञ्चालनमा ल्याएको छ,’ उनले भने ।

Skip This
Skip This
Logo