सुगम पोखरेल र अन्जु पन्तको स्वरमा प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक [भिडियाे]

सुगम पोखरेल र अन्जु पन्तको स्वरमा प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक [भिडियाे]

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं। लोकप्रिय गायक सुगम पोखरेल र चर्चित गायिका अन्जु पन्तको स्वरमा नयाँ प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ। शुक्रबार ‘आइ एम इन्टरटेन्मेन्ट’ युटउब च्यानलबाट यो सुमधुर गीत सार्वजनिक गरिएको हो।

गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडियाे उत्तिकै रोमान्टिक छ। भिडियाेमा माया सुवेदी र इन्द्र सापकोटा फिर्चड छन। यी दुईको प्रेम अनि रोमान्सलाई भिडियाेमा देख्न सकिन्छ। भिडियोमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले भिडियोलाई झनै आकर्षक बनाएको छ । माया र इन्द्रको अभिनयले भिडियोमा थप सुन्दरता थपेको छ। भिडियोमा दुवैले उत्कृष्ट काम गरेका छन् ।

गीत बिल्कुलै नयाँ च्यानलबाट सार्वजनिक गरिएको छ। झट्ट हेर्दा दर्शकलाई यस्तो राम्रो गीत नयाँ च्यानलबाट किन सार्वजनिक गरिएको होला भन्ने लाग्न सक्छ। यसको पनि कारण छ। भिडियाेमा जोडीको रुपमा देखिएका माया र इन्द्र डेनमार्कमा बस्छन। डेनमार्क बसेर व्यवसाय गर्दै आए तापनि दुवैलाई नेपाल आएर कलाकारिता क्षेत्रमा केही गर्ने धङधङी पहिलैबाट थियो।

सोही सपना पूरा गर्न र नेपाली कला क्षेत्रमा केही योगदान दिन यी दुईले नेपाल आई ‘आई.एम ईन्टरटेन्मेन्ट’ नामक नयाँ युटउब च्यानल खोली पहिलो कोसेली स्वरुप यो भिडियाे हालेका हुन् । यो आई.एम ईन्टरटेन्मेन्टमा अपलोड भएको पहिलो भिडियाे हो। आगामी दिनमा थप नयाँ सिर्जनाहरु यश च्यानलबाट पस्किने माया र ईन्द्रको अठोट छ।

सार्वजनिक गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ। गीतमा उदय राज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ। राजिव समरको कोरियोग्राफी रहेको गीतमा पवन सुस्लिङको सिनेमाटोग्राफी छ।

गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । त्यसैगरी, पोस्टर आर्टमा तौवा क्रिएसन, बि.टि.एसमा मेघ महर्जन, प्रोडक्सन म्यानेजरमा विशाल कार्की, पहिरनमा एश्री क्रिएसन(अनुस्का डि.सी) र रेकर्डिस्टमा राजेश श्रेष्ठ रहेका छन्।

Skip This
Skip This
Logo