भरुवा बन्दुकसहित दुई जना पक्राउ

भरुवा बन्दुकसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । दाङको तुलसीपुरबाट भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ४ सुनवलपुरका ३६ वर्षीय टंककुमार सिजाली र २९ वर्षीय युवराज गिरी ‍रहेका छन् ।

उनीहरूको खानतलासी गर्ने क्रममा एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने २१ वटा छर्रा बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गएराति १२ बजेतिर प्रहरीले तुलसीपुर – ४ ठूलाखाली क्षेत्रमा गस्‍ती गर्ने क्रममा स्थानीय गादीबरा सामुदायिक वनमा उनीहरूलाई फेला पारेको थियो ।

Logo