काभा बीच भलिबलमा दोस्रो हुने राष्ट्रिय खेलाडीलाई सम्मान

काभा बीच भलिबलमा दोस्रो हुने राष्ट्रिय खेलाडीलाई सम्मान

केन्द्रबिन्दु
27
Shares

ललितपुर । सैंबु भलिबल क्लबले भलिबल खेलका राष्ट्रिय टीमका कप्तान मानबहादुर श्रेष्ठ र राष्ट्रिय खेलाडी दीलबहादुर सुनारलाई सम्मान गरेको छ । भुटानको थिम्पुमा अगष्ट १ देखि ३ तारिखमा सम्पन्न सेन्ट्रल जोन एशियन भलिबल एसोसिसन प्रतियोगितामा दोस्रो भएका दुई खेलाडीलाई सम्मान गरिएको हो ।

प्रतियोगितामा कप्तान श्रेष्ठ र सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा माल्दिभ्सले पहिलो स्थान हासिल गरेको थियो। सम्मानितमध्ये राष्ट्रिय खेलाडी एवं कप्तान श्रेष्ठ सैंबु भलिबल क्लबका कार्यकारी सदस्य हुन् । सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय कप्तान श्रेष्ठले सम्मानले भर्खरै खेलिरहेका खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताए । यस्तै उनले खेलकुदलाई कसरी अघि बढाउने र यस स्थानलाई परिचय गराउने भन्ने विषयमा गहन छलफल गर्नुपर्ने बताए ।

कार्यक्रममा सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष थापाले राष्ट्रिय खेल भलिबल खेललाई अघि बढाउन खेलाडी सम्मान कार्यक्रम महत्त्वपुर्ण रहेको बताए । कार्यक्रमा क्लबका सचिव सुरेन्द्र थापा मगर र नेपाल क्योकुसिन कराते महासंघका अध्यक्ष शालिकराम कुँवर लगायतले शुभकामना दिएका थिए ।

सम्मान कार्यक्रममा क्लबका अध्यक्ष धिरज कुँवरले सम्मानपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रममा क्लबका उपाध्यक्ष एवं सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापा, समाजसेवी हरिकुमार थापा, सर्कलका वरिष्ठ सदस्य गोपालराम पौडेल सहभागी थिए ।

Logo