काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको प्रमुख आतिथ्यतामा वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरिएको हो ।
वातावरण मैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथा सम्बद्र्धनबाट भविष्यमा बढीभन्दा बढी दर्शनार्थीहरुले हिन्दुहरुको आराध्य देवको बास भएको पाशुपत क्षेत्रमा सहज रुपमा उक्त क्षेत्र दर्शन भ्रमणमा सहयोग पुग्ने अपेक्षा गरिएको बैंक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले यस शौचालय वातावरण मैत्री भएको कारणले गर्दा वातावरण थप अनुकुल हुने जनाउदै बैंकले गरेको यस्तो सामाजिक कार्यको उच्च प्रशंसा गगरे ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब १४ लाख ५० हजार ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।





























प्रतिक्रिया