नेपाल र भारतबीच नियमित हवाई उडान हुने सहमति

नेपाल र भारतबीच नियमित हवाई उडान हुने सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना महामारीका कारण बन्द रहेको नेपाल र भारतबीचको हवाई उडान ९ महिनापछि नियमित हुने सहमति भएको छ ।

सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरेको छ । अब नेपाल भारत दैनिक एक, एक उडान गर्ने गरी दुई देशबीच सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

एयर ट्रान्सपोर्ट बबल स्किममा सहभागी हुने नेपालले निर्णय गरेसँगै दैनिक उडानका लागि पठाएको प्रस्ताव स्वीकार गरेको र भारतको तर्फबाट एयर इन्डियालाई उडानका लागि तोकिएको छ ।

उडानको तालिका भने ती दुवै एयरलाइन्सले तय गर्नेछन् । उडान गर्दा नेपाली र भारतीय नागरिक र कूटनीतिक नियोगका कर्मचारीहरु मात्रले यात्रा गर्न पाउने भएका छन् । भारतमा हाल एयर बबलमार्फत मात्र उडान हुँदै आएको छ ।

भारतबाट नेपाल आउँदा उडान भरेर विमानमा बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ ।

Skip This
Skip This
Logo