अनुमतिबिना गैरऔषधि धमाधम बिक्री

अनुमतिबिना गैरऔषधि धमाधम बिक्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

औषधि व्यवस्था विभागको अनुमतिबिना खाद्यपूरक सामग्री (न्युट्रास्युटिकल्स) नेपाली औषधि बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । मन्त्रिपरिषद् बैठकले २०७४ जेठमा औषधि व्यवस्था विभागलाई ‘न्युट्रास्युटिकल्स’ सन्दर्भमा नियमन गर्न जिम्मा दिएको थियो । तर विभागको अनुमति नलिएर औषधि पसलबाट अत्यन्तै महँगो रूपमा न्युट्रास्युटिकल्स धमाधम बिक्री भइरहेको पाइएको हो । न्युट्रास्युटिकल्स अहिलेसम्म औषधिका रूपमा दर्ता भएको छैन ।

औषधि पसलबाट खाद्यपूरक सामग्री क्याप्सुल आकारमा धमाधम बिक्री हुँदा पनि सरकारले निगरानी भने गर्न सकेको छैन । न्युट्रास्युटिकल्स भन्नाले मानवलाई शारीरिक फाइदा हुने वा कुनै दीर्घ रोगबाट बचाउने गुण भएको, खाद्य वा अन्य स्रोतबाट निकालिएका वा शुद्ध पारिएका प्राकृतिक रासायनिक पदार्थलाई पाउडर, ट्याब्लेट, क्याप्सुल, झोलजस्ता खाद्य ढाँचामा तयार गरी तोकिएको मात्रामा प्रयोग गर्ने खाद्य पदार्थ हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आहारपूरक (डाइटरी सप्लिमेन्ट) खाद्य पदार्थ नियमन कार्यविधि २०७२ मा न्युट्रास्युटिकल्सलाई खाद्यमा राखिएको थियो । कार्यविधिमा न्युट्रास्युटिकल्सको आयात, निर्यात तथा उद्योग स्थापना गर्न सकिने प्रावधान छ ।

औषधि व्यवस्था विभागले ‘न्युट्रास्युटिकल्स’ अनुमति लिएर मात्रै बिक्री वितरण गर्न पटकपटक सार्वजनिक सूचना जारी गरेको थियो । स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णय पश्चात् पनि कार्यविधि अन्तर्गत नै आयात गर्न दिनुमा कर्मचारीहरूको जोड देखिन्छ ।
राजधानीबाट

Skip This
Skip This
Logo