नेतृत्व हस्तान्तरणबारे प्रचण्डले भने- टेन्सन तपाईंहरूलाई हो, हामीलाई केही छैन

नेतृत्व हस्तान्तरणबारे प्रचण्डले भने- टेन्सन तपाईंहरूलाई हो, हामीलाई केही छैन

केन्द्रबिन्दु
318
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माबाट नेतृत्व हस्तान्तरणबारे आएको सुझावका सम्बन्धमा मुख खोलेका छन् ।

पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकपछि अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘केही हुँदैन सबै मिलेर जान्छ। तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।’

उपमहासचिव शर्माले बैठकमा १४ पृष्ठको लिखित प्रस्ताव पेश गर्दा अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए । जसले माओवादीमा तरंग ल्याएको थियो ।

Logo