रास्वपाको निष्कर्ष- भ्रष्टाचारबाट उम्किन केही दलले हदम्याद ल्याउन खोजे, यो सह्य हुँदैन

रास्वपाको निष्कर्ष- भ्रष्टाचारबाट उम्किन केही दलले हदम्याद ल्याउन खोजे, यो सह्य हुँदैन

केन्द्रबिन्दु
84
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा स्वीकार्य नहुने अडान राखेकाे छ ।

सिंहदरबारस्थित संसदीय दल कार्यालयमा मंगलबार बसेको संसदीय दल बैठकले विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जाने गरी केही दलहरूले गम्भीर त्रुटि गरिरहेको र याे सह्य नहुने निष्कर्ष निकालेकाे हाे ।

सरकारले ल्याएको भ्रष्टाचारसम्बन्धी विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरेपछि रास्वपाले विरोध जनाएको हो । ‘भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन,’ प्रमुख सचेतक सन्तोष परियारले भने । यस विषयमा रास्वपाले संसदमा पनि आफ्नो धारणा राख्ने भएको छ ।

Skip This
Skip This
Logo