१६औं संस्करणको ‘नाडा अटो शो २०२४’ काे घोषणा, १३० वटा स्टल रहने

१६औं संस्करणको ‘नाडा अटो शो २०२४’ काे घोषणा, १३० वटा स्टल रहने

केन्द्रबिन्दु
39
Shares

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले १६औं संस्करणको नाडा अटो शो २०२४ घोषणा गरेको छ । बुधबार पत्रकार एक सम्मेलन आयोजना गर्दै नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शोको आयोजना हुने जानकारी गराएको हो ।

यस वर्ष नाडा अटो शोमा टाटा।ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन् । यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने र अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने आयोजकले जनाएको छ ।

नाडा अटो शो २०२४ मा साना ठूला गरी १३० वटा स्टल रहने र ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने छ । प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्गे बान्डहरू, १२ हल्का व्यावसायिक र सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् । साथै ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्ने आयाेजककाे दाबी छ ।

आगन्तुकहरूले अब खल्ती एपमार्फत अग्रिम रूपमा टिकट खरिद गर्न सक्नेछन् ।

Skip This
Skip This
Logo