काठमाडौँ । चांगान नेपालले नाडा अटो शो–२०२४ मा दिपल एल०७ प्रिमियम ईभी सेडान गाडी सार्वजनिक गर्ने भएको छ । नेपाली ग्राहकको रोजाइमा पर्ने अपेक्षासहित लन्च गर्न लागिएको यो गाडी आधुनिक फिचरले सुसज्तित छ ।
इटालीको टुरिनमा डिजाइन गरिएको यो ईभीले डिजाइन क्षेत्रको ओस्कार भनेर चिनिने रेड डट अवार्ड २०२३ हासिल गरेको थियो । यसमा फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अद्यावधिक गरिएको छ । यसको पानोरामिक ग्लास रुफले यसलाई ओपन र लक्जरियस बनाएको छ ।
संगीत, फोन कल र फोटो खिच्नेलगायतका फङसनका लागि एल०७ लाई हातको संकेतबाट कमान्ड गर्न सक्छ । साथै यसमा ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्त्वपूर्ण सूचना दिन ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) उपलब्ध छ । जसले ड्राइभिङलाई सहज बनाउनुका साथै सुरक्षित पनि बनाउँछ । यसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री छ । सिंगल चार्जमा ५३० किलोमिटरको रेन्ज दिन्छ ।
साथै, क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्ट¥याक्ट’ गर्ने यात्रुतिर आफैँ फर्कन्छ । दिपलमा ‘वेलकमिङ सिट’ पनि रहेको छ । ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उचाइअनुसार सिटको पोजिसनलाई आफैँ मिलाइदिन्छ ।
दिपलमा बोनटमा पनि सामान राख्नका लागि ७० लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको १९ इन्चको विशाल टायरले ईभीलाई आकर्षक बनाएको छ । साथै, यसमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ ।





























प्रतिक्रिया