काठमाडौं
देशका पूर्वी तथा मध्य पहाडी भेगमा आज मध्यान्हपछि मेघ गर्जन सहित बर्षा हुने सम्भावना रहेको छ ।
पूर्वी भू–भागहरु लगायत मध्य र पश्चिमी पहाडी भेगहरुमा दिउँसो आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
साँझपख मध्य र पूर्वी हिमाली भेगका एक, दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार देशका पश्चिमी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकि भू–भागहरुमा आंशिक बदली रहनेछ ।































प्रतिक्रिया