चलचित्र विकास बोर्ड अध्यक्षमा रस्साकस्सी, ६ जनाले दिए आवेदन

चलचित्र विकास बोर्ड अध्यक्षमा रस्साकस्सी, ६ जनाले दिए आवेदन

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । चलचित्र विकास बोर्ड अध्यक्षमा रस्साकस्सी सुरु भएको छ । एक अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिइसकेका छन् ।

अध्यक्ष पदमा फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसी, अभिनेत्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डंगोलको आवेदन परेको छ । आवेदन दिएकाहरूको योग्यताबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परीक्षण गर्ने काम सुरु गरेको छ ।

मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन माग गरेको थियो । आवेदकहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक भएपछि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने र सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ । चलचित्र विकास बोर्डमा अभिनेता भुवन केसीको दुई वर्षे कार्यकाल सकिएसँगै गत साउन ९ गतेदेखि अध्यक्ष पद रिक्त छ ।

Logo