‘त्रिशुली बी’ को सेयर बाँडफाँडः १० हजार कित्ता भरेका प्रधानमन्त्रीलाई २० कित्ता

‘त्रिशुली बी’ को सेयर बाँडफाँडः १० हजार कित्ता भरेका प्रधानमन्त्रीलाई २० कित्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारको घोषणा गरेको जनताको जलविद्युत् आयोजना अन्तर्गतको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको सेयर बाँडफाँड गरिएको छ । बिहीबार उर्जा मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच आयोजनाको सेयर बाँडफाँड गरिएको हो ।

आयोजनाको आईपीओमा माग गरिएको भन्दा धेरै संख्यामा आवेदन परेको थियो । शुरुमा २० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गरिएको र बाँकी रहेको सेयर गोला प्रथाबाट बाँडफाँट गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भागमा २० कित्ता परेको छ । जनताको जलविद्युत् आयोजना कार्यक्रम सार्वजनिक समारोहमा नै पहिलो सेयर आफूले किनेका प्रधानमन्त्रीको भागमा जम्मा २० कित्ता परेको हो । प्रधानमन्त्री ओलीले उक्त आयोजनाको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

आयोजनाको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ताका दरले र ५० हजार २ सय ६७ जनाले ३० कित्ताका दरले आईपीओ पाएको ग्लोबल आईएमइ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले जानकारि दिए ।

आईपीओमा एक लाख ५४ हजार ६२४ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको क्यापिटलले जनाएको छ ।

 

Logo