स्वाइन फ्लुबाट चार महिनामा १८ को मृत्यु

स्वाइन फ्लुबाट चार महिनामा १८ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंँ

नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ । पुस यता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।

महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार एच १ एन १ भाइरसका कारण काठमाडौंमा १४, सिन्धुलीमा १, पोखरामा १ र काभ्रेमा १ जनाको ज्यान गएको छ । यस्तै एकजनाको ठेगाना खुलेको छैन । मौसमी रुघाखोकीले उनीहरूको मृत्यु भएको उनले बताए ।

चार प्रकारका भाइरसले स्वाइन फ्लु फैलाउने सरुवारोग विशेषज्ञहरू बताउँछन् । एच १ एन १, एच १ एन २, एच ३ एन १ र एच ३ एन २ ती भाइरस हुन् । सबैभन्दा खतरनाक एच १ एन १ भएको चिकित्सकहरू बताउँछन् ।

पहिलोपटक सन् २००९ मा मेक्सिकोमा सुंगुर फार्ममा देखिएको स्वाइन फ्लु अहिलेसम्म संसारका २ सय भन्दा बढी देशमा फैलिसकेको छ । परीक्षणका क्रममा सुंगुरमा पाइने जिन जस्तो भाइरस मानिसमा पनि पत्ता लागेपछि यसलाई चिकित्सकले स्वाइन फ्लु भन्न थालेका हुन् । तर नेपालमा सर्वसाधारण आतंकित हुने डरले एच १ एन १ लाई सरकारी निकायले मौसमी रुघाखोकी भन्ने गरेका छन् ।
नयाँ पत्रिकाबाट

Logo