सीएमसीले सरकारसँग २ अर्ब ५२ करोड किन माग्यो ?

सीएमसीले सरकारसँग २ अर्ब ५२ करोड किन माग्यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएमसीले सरकारसँग क्षतिपूर्ति वापत २ अर्ब ५२ करोड रकम माग गरेको खुलासा भएको छ ।

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिवापत सरकारसँग सो कम्पनीले २ अर्ब ५२ करोड माग गरेको जानकारी गराए ।

समितिले पाण्डेलाई सो आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो । समितिको बुधबारको बैठकमा उनले बुझाएको प्रतिवेदनमा सो आयोजनाको बाँकि काम सम्पन्न गर्न २ अर्ब ४५ करोड लाग्ने पनि सम्बन्धित निकायले जानकारी गराएको पनि उल्लेख गरिएको छ ।

प्रतिवदेनमा सीएमसी कम्पनीलाई भन्दा नयाँ ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएर सो आयोजनाको बाँकि काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिइएको छ । समितिका सदस्य पाण्डेले २ अर्ब ५२ करोड क्षतिपूर्ति दिएर सो आयोजनाको बाँकि काम सीएमसी कम्पनीबाटै गराउनु भन्दा २ अर्ब ४५ करोडमा सो आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने देखिएको पनि समितिलाई जानकारी गराए ।

समितिका सदस्य पाण्डेले सो आयोजनाको कामलाई छिटो अघि बढाउन पनि सरकारलाई सचेत गराए । प्रतिवेदनमा सीएमसी कम्पनीको २ अर्ब १० करोड रुपैयाँ सरकारले बैंकबाट जफत गरिसकेको पनि उल्लेख गरिएको छ ।

Skip This
Skip This
Logo