निर्मला प्रकरणः डिएसपी जिसीसँग ९ लाख धरौटी माग

निर्मला प्रकरणः डिएसपी जिसीसँग ९ लाख धरौटी माग

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका सीआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई धरौटीमा छाड्न आदेश दिईएको छ । जिल्ला अदालत कञ्चनपुरले सार्वजनिक न्याय विरुद्धको कसूर र यातना विरुद्धको कसूर मुद्दामा जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कञ्चनपुर जिल्ला अदालतका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । जिसीलाई यातना विरुद्धको कसुरमा ५ लाख र सार्वजनिक न्याय विरुद्धको कसूरमा ४ लाख गरी ९ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

निर्मला पन्त हत्या प्रकरणमा निर्मलाकी आमा दुर्गादेवी र अभियुक्त बनाईएका दिलिपसिंह विष्टका दाजु खडग विष्टले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख पूर्व एसपी दिल्लीराज विष्टसहित ९ प्रहरीविरुद्ध मुद्दा हालेका थिए । सोही मुद्दामा जिसीबाहेक अरु सबै धरौटीमा रिहा भएका छन् ।

Skip This
Skip This
Logo