चिट भन्दै जब शिक्षकले नै ‘प्याड’ खोसे

चिट भन्दै जब शिक्षकले नै ‘प्याड’ खोसे

केन्द्रबिन्दु
0
Shares

अछाम । देवसरा अधिकारी यो पटक एसईई दिईरहेकी छन् । चैत्र १० गतेबाट सुरु भएको एसईई दिन उनी घरबाट टाढा अछाम सदरमुकाम मंगलसैनमा डेरा गरेर बसिरहेकी छन् । पहिलो दिन उनको अनिवार्य अंग्रेजी विषयको परीक्षा थियो ।

उनलाई परीक्षाको भन्दा अर्को चिन्ताले सताएको थियो । अन्तमा त्यही भयो । उनी परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अघि महिनावारी भईन् । त्यसको पूर्वतयारी स्वरुप उनले खल्तिमै प्याड बोकेकी थिईन् । तर चिट लुकाउन होला भन्ने आशंमा शिक्षकले सुरुमै प्याड थुतेर लिए ।

त्यसबारे कुनै प्रतिकार गर्न सकिनन् । एसईईको पहिलो दिन हुँदा उनलाई एकदमै डर लागिरहेको थियो । जसले गर्दा प्याडबारे सरसँग प्रतिकार पनि गर्न सकिनन् ।

यदि उनले सरलाई आफु महिनावारी भएको र प्रयोग गर्नको लागि प्याड लिएको भनेर भनिदिएको भए हुन्थ्यो । तर डरले भन्नै नसकेको उनले बताईन् । त्यो दिन राम्रोसँग लेख्नै सकिनन् । त्यो दिन राम्रोसँग लेख्नै सकिनन् ।

उनी जस्तै धेरैजसो छात्राहरुलाई एसईई परीक्षाको बेला महिनावारी हुँदा के गर्ने भन्ने समस्याले सताउने गरेको छ । एकातित परीक्षाको टेन्सन अर्कोतिर महिनावारी हुँदा के गर्ने भन्ने पिरलो ।

यस्तो समस्याले गर्दा उनीहरु राम्रोसँग परीक्षा दिन पाउन सकिरहेका छैनन् । विकसित तथा सहरी क्षेत्रका विद्यायलहरु छात्रामैत्री बनेपनि दुर्गम तथा ग्रामिण क्षेत्रका विद्यालय त्यसरी अघि बढ्न सकेका छैनन् ।

Logo