नेपाल एक खेल अगावै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ‘ए’ को खेलमा बंगलादेशले श्रीलंकालाई २-० गोलले पराजित गरेसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।
यो नतिजासँगै समूह ‘ए’ बाट नेपाल र बंगलादेश अन्तिम चारमा पुगेका छन्। आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकामाथि १-० गोलको जित निकालेको थियो।





























प्रतिक्रिया