चाल्नाखेल बस दुर्घटना: ३ जनाको अवस्था गम्भीर, चालक फरार

चाल्नाखेल बस दुर्घटना: ३ जनाको अवस्था गम्भीर, चालक फरार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको चाल्नाखेलमा भएको बस दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन्।

दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान दुर्घटना भएको हो।  दुर्घटनामा परी ३५ जना घाइते भएका छन् ।

प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार घाइतेहरूलाई मनमोहन र वयोधा अस्पतालमा उपचारको लागि पठाइएको छ । १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको गरिएको छ। बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Logo