विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नवलपरासी जिल्ला इञ्चार्ज गंगा ज्ञवाली (सुमन) लाई उनकै घरबाट नियन्त्रणमा लिएको हो ।
नवलपरासी पश्चिम बर्दघाट –४, बाढीपीडित बस्तीमा उनको घरबाटै सोमबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट विप्लवका नवलपरासी जिल्ला सदस्यलाई पनि पक्राउ गरेको छ । विप्लवका जिल्ला सदस्य कावासोती नगरपालिका १५, शेरगंज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरेको हो ।
दुवै जना माथि थप अनुसन्धान भैरहेको छ ।































प्रतिक्रिया