एक्सप्रेस टी विद्युतीय ट्याक्सीको नयाँ सर्भिस सेन्टर गोगंबुमा, क्याम्प पनि आयोजना

एक्सप्रेस टी विद्युतीय ट्याक्सीको नयाँ सर्भिस सेन्टर गोगंबुमा, क्याम्प पनि आयोजना

केन्द्रबिन्दु
72
Shares

एक्सप्रेस टी विद्युतीय ट्याक्सीको गोगंबुस्थित नयाँ सर्भिस सेन्टर बुधबारदेखि सञ्चालनमा आएको छ ।

सर्भिस सेन्टरको उद्घाटन कार्यक्रम प्यासेन्जर भेहिकल विजनेस युनिटका महाप्रबन्धक सावन्त जंग सिजापती, प्यासेन्जर भेहिकल कस्टमरका केयरका सहायक महाप्रबन्धक कुमार भण्डारी तथा एक्सप्रेस टी का प्रतिनिधिहरु रन्धिर चौधरी र प्रसन्न रगंनाथनको उपस्थितिमा सम्पन्न भएको हो । कम्पनीको सेवा सञ्जाल बिस्तार योजना अनुरुप ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी नयाँ सर्भिस सेन्टर थप गरिएको हो ।

एक्सप्रेस टी विद्युतिय ट्याक्सीको सर्भिसिङ्ग तथा चार्जिङ्ग सुविधाहरु सहितको यस सर्भिस सेन्टर मार्फत ग्राहक सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ । यस सर्भिस सेन्टर उद्घाटनको अवसरमा आजबाट ७ गतेसम्म क्याम्प पनि आयोजना गरेको छ ।

उक्त क्याम्पअन्तर्गत सर्भिसिङ्ग गर्दा लेवर चार्ज, गाडीको टप वास, सस्पेन्सन चेकअप, मल्टी प्वाइन्ट चेकअप, ब्रेक चेकअप, ब्याट्री र इलेक्ट्रकल चेकअप, कम्प्युटर डाइग्नोसिस र आँखाको चेकअप लगायतका सुविधाहरु निःशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । यसका साथै स्पेयर पार्टस र ल्युब्रिकेन्टसमा १८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा संचालक हरुले मन पराएका छन् । नयाँ प्रविधि का साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस ले गर्दा पनि यो विद्युतीय गाडी रोजाईमा परेको हो ।

Skip This
Skip This
Logo