चितवन
पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गएराति त्रिशूलीमा मिनीबस खस्दा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ना ५ ख ३६८२ नं.को बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो ।
राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइते मध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अरु दुई जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ । बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो ।
रासस





























प्रतिक्रिया