दाङ
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारले लगानी मैत्री नीति नबनाउँदा सम्म लगानी भित्र्याउन सम्भव नहुने बताएकी छिन् । सरकारले आयोजना गर्न थालेको लगानी सम्मेलन पूर्व नै आवश्यक नीति र त्यस अनुसारका कानुनहरू बनाउनका लागि सरकारलाई आग्रह गरिएको जानकारी दिँदै उनले भनिन्, “नीति पनि बनेन र त्यस अनुसारका कानुनहरू पनि बनेनन् भने लगानी सम्मेलन आयोजना गर्नुको कुनै अर्थ रहँदैन ।” नीति नहुदाँसम्म सम्मेलनको औचित्य नहुनेमा उनले जोड दिइन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको १४ औं साधारणसभा तथा ४९ औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले लगानी मैत्री नीति नभएका कारण लगानी भित्र्याउन नसकेको प्रष्ट्याइन् । “अहिले पनि १५, २० वर्ष पहिलेको नीति छ,” अध्यक्ष राणाले भनिन्, “अब कुनै ढिलाइ नगरी नयाँ नीति र कानुन बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्छ ।”
पहिले पनि निजी क्षेत्र विभिन्न चुनौतीबाट अगाडि बढी रहेको तर्फ ध्यानाकर्षण गराउँदै उनले व्यवसायीहरूले लगानी विस्तार गर्नका लागि नीति र बैंकको ब्याजले समस्या पारेको बताइन् । व्यवसायीहरूले सहज रूपमा ऋण पाउने वातावरण निर्माण राज्यले गर्नुपर्ने उनको भनाइ छ । अहिले बैंकहरूले बढाएको ब्याजले व्यवसायीहरूलाई मारमा पारेको उनले बताइन् । यसका बारेमा महासंघले पटक–पटक आवाज उठाए पनि राज्यले ध्यान दिन नसकेको उनको भनाइ छ । अहिले राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धतासमेत पूरा नगरेको राणाको आरोप छ ।
कारोबारबाट





























प्रतिक्रिया