काठमाडौं
नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ । विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो केही वर्षयता नेपालमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ ।
२०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपाल चीनसँग नजिकिन गएपछि चिनियाँ लगानीकर्ता उत्साहित भएका हुन् । कुल गार्हस्थ उत्पादनका हिसाबले चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो ।
भारतमै लगानीको प्रतिफल सुनिश्चितता बनेपछि भारतीय लगानीकर्ता स्वदेशमै केन्द्रित भएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यकारी सदस्य शशिकान्त अग्रवालका अनुसार भारतले पछिल्लो १० वर्षमा स्वदेशमै लगानीका लागि सुविधा दिएको छ । उनले भने, ‘भारतीय सरकारले निर्यातमा विभिन्न चरणमा अनुदान दिएको छ । साथै हरेक प्रान्तले आफूआफूबीच प्रतिस्पर्धा गरेका छन् । प्रान्त–प्रान्तबीच कसले बढी अनुदान दिने भन्ने प्रतिस्पर्धाले पनि नेपालमा भारतबाट आउने लगानीमा कम आएको हो ।’ नेपालमा हाइड्रो, पर्यटन बाहेक अन्य क्षेत्रमा विदेशी लगानीले प्राथमिकता नपाउनु अर्को कारण भएको उनको भनाइ छ ।
नेपालमा ९२ देशले लगानी गरिरहेका छन् । ती मध्ये भारतीय उद्योगको संख्या सात सय ३५ छ । चिनियाँ उद्योगको संख्या १४ सय ८४ नाघेको छ । अहिलेसम्म झन्डै तीन खर्ब ५० करोड रुपैयाँ बराबरको भारतीय लगानी प्रतिबद्धता आएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया