भोलिसम्म मेघ गर्जनसहित वर्षा हुने

भोलिसम्म मेघ गर्जनसहित वर्षा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । केहि दिन मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार नै जनाएको थियो ।

आज सुदूरपश्चिमका केही ठाउँ र हिमाली भेगमा हिमपात हुने सम्भावना समेत रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण सोमबारदेखि बदली भएको थियो । मंगलबार देशभरकै मौसममा बदली र पानी पर्ने सम्भावना रहेको छ । यद्यपी ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।

कतै कतै मेघ गर्जन सहित पानी पर्ने र हुरी बतास चल्ले सम्भावना रहेकाले सजग रहन पनि उहाले सर्वसाधारणलाई अनुरोध गर्नु भएको छ ।बुधबार अपरान्हबाट मौसममा सुधार हुने मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

Logo