सिमलताल दुर्घटनामा बेपत्ता भएकाहरु जीवित भेटिने आशा रहेनः मन्त्री दाहाल

सिमलताल दुर्घटनामा बेपत्ता भएकाहरु जीवित भेटिने आशा रहेनः मन्त्री दाहाल

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा वेपत्ता भएकाहरु जीवित नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले २८ असारमा भएको दुर्घटनामा परेर वेपत्ता भएकाहरु जीवित भेटिने आशा मरेको भन्दै शवको खोजि कार्य भने जारी रहेको बताएका हुन् ।

उनले भने, ‘बाढि पहिरो तथा विभिन्न किसिसमका प्राकृतिक घट्नाहरुको कारणले गर्दा धेरै नेपाली जनताहरुले ज्यान गुमाउनु परेको छ कयौंै घाईते हुनुहुन्छ । कयौं वेपत्ता हुनुभएको छ । यस्तो अवस्थाबाट देश गुज्रिरहेको छ । मुग्लिनमा दुर्घटना भएर बेपत्ताहरू र मृत्यु भएकाहरूको अहिलेसम्म लास पत्ता लागेको छैन । यस्तो बेपत्ताको खोजी जारी छ । लगभग विश्वास छ कि उहाँहरू जीवित हुनुहुन्छ भन्ने छैन । लास नभेटिन्जेल आस हुन्छ भन्ने छ । जीवित भएको आस राख्ने कुरा भयो ।’

मन्त्री दाहालले मन्त्रालयमा फाइलहरु थन्क्याएर राखिएको भन्ने विषय सांसदहरुले उठाइरहेको भन्दै कुनै पनि फाईलहरु बिना कारण मन्त्रालयमा नरोकिने जानकारी गराए ।

Logo