‘छपाक’ मा दीपिकाको एसिडपीडित रुप

‘छपाक’ मा दीपिकाको एसिडपीडित रुप

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘छपाक’को पहिलो पोष्टर रिलिज भएको छ । एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित चलचित्र हो ‘छपाक’ । वास्तविक पात्र हुन् लक्ष्मी  अग्रवाल। उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए।

उक्त पोष्टरमा दीपिका पादुकोणको तस्बिर छ । मेघना गुलजारको निर्देशनमा बनिरहेको छपाक चलचित्रमा उनको ‘एसिडपिडित’ लुक्स देखाइएको छ।  पोष्टरमा दीपिकाको लुक कारुणिक छ । छपाकमा दीपिका आफ्नो करियरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका निभाउने छिन् । दीपिका पादुकोणले पहिलो पोस्टर शेयर गर्दै लेखेकी छन्, ‘मालती, एक यस्तो भूमिका जो मसँग सधैँ रहनेछ ।’

यो चलचित्र आगामी वर्ष जनवरी १० मा रिलिज हुनेछ ।

Logo