केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपी अंगुर जिसी जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन्।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका डिएसपी जिसी बयान दिनका लागि कञ्चनपुर अदालतमा उपस्थित भएका हुन्। हाल उनी निलम्बनमा परेका छन्।
उनी लगायत ८ जना प्रहरीविरुद्ध प्रमाण नष्ट र यातना दिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो। यसअघि आइतबार मात्रै कञ्चनपुर अदालतले पूर्व एसपी दिल्लीराज विष्टलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
गत साउन ११ गते निर्मलाको शव उखुबारीमा भेटिएको थियो ।





























प्रतिक्रिया