प्राकृतिक कारणले ९ महिनामा ४१ गैंडा मरे

प्राकृतिक कारणले ९ महिनामा ४१ गैंडा मरे

केन्द्रबिन्दु
0
Shares

चितवन

दुर्लभ मानिएको एक सिङ्गे गैडा मर्ने क्रम बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा चितवनमा ४१ वटा गैंडा मरेका छन् । साउन यता चितवन राष्ट्रिय निकुञ्जमा ३९ र डिभिजन वन कार्यालय भरतपुरको कार्यक्षेत्रमा २ गैंडा मरेका छन् । प्राकृतिक तथा कालगतिले गैंडा मरेका हुन् ।

मरेका गैंडामा एकदेखि दश वर्षका सातवटा, बीस वर्षसम्मका पाँच, ३० वर्षसम्मका सात र ३० वर्षभन्दा माथिका ५ वटा गैंडा छन् । सत्र वटाको मरेपछि कंकाल मात्रै फेला परेको थियो । प्राकृतिक कारणबाट गैंडा मर्ने क्रम बढेकोमा संरक्षणकर्मीले चिन्ता ब्यक्त गरेका छन् । प्राकृतिक कारणले गैंडा मरेपनि त्यसको कारण पत्ता लागेको छैन । गतवर्ष २६ गैंडा प्राकृतिक कारणले मरेका थिए ।

कतिपय गैंडा आपसमा जुधेर पनि मर्ने गरेका छन् । पोथीसँगको संसर्गका बेला भाले जुध्ने गर्छन् । केही गोही र साना बच्चा बाघको आक्रमणमा परेर मर्छन् । यो वर्ष गैंडा मर्नुको मुख्य कारण बासस्थान र बाढीलाई मानिएको छ । घाँसै मैदानको व्यवस्थापन र तालतलैया कम हुनु पनि कारण भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

निकुञ्जको तथ्यांक अनुसार सन् २०१४ देखि सन् २०१७ को चार वर्षको अवधिमा ६१ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए । २०५८ सालमा चोरी शिकारीबाट ३७ वटा गैंडा मारिएको थियो । २०७३ सालपछि चोरी शिकारीबाट गैंडा मरेका छैनन् । सन् २०१५ मा गरिएको गणना अनुसार नेपालमा ६४५ गैंडा छन् । ती मध्ये ६ सय पाँच चितवन राष्ट्रिय निकुञ्जमा छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo