स्पेनिस ला लिगा फुटबलमा सेल्टाभिगो र भिल्लारियल विजयी

स्पेनिस ला लिगा फुटबलमा सेल्टाभिगो र भिल्लारियल विजयी

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा सेल्टभिगो र भिल्लारियल विजयी भएका छन् । गएराति भएको खेलमा सेल्टाभिगोले भ्यालेन्सियामाथि ३–१ गोल अन्तरको पुनरामन जित दर्ता गरेको हो । डिएगो लोपेजले राफा मिरको पासमा गोल गर्दै पाहुना टोली भ्यालेन्सियालाई १४ औँ मिनेटमा अग्रता दिलाएका थिए ।

तर, २३ औँ मिनेटमा ओस्कार मनगुएजाले लागो आसपसको पासमा गोल गर्दै घरेलु मैदानमा समर्थकलाई उत्साहित गरेका थिए । २८ औँ मिनेटमा लागोले नै ओस्कारको पासमा गोल गरेपछि सेल्टाभिगो २–१ ले अघि बढेको थियो । ६० औँ मिनेटमा फ्रान्सिस्को पेइनाडोले गोल गरेपछि सेल्टाभिगोले ३–१ को जित निकाल्न सफल भयो । सेल्टाभिगोको ला लिगामा लगातार दोस्रो जित हो । उसको तालिकामा २ खेलबाट ६ अंक भएको छ । भ्यालेन्सियाले भने लगातार दोस्रो खेलमा पराजय भोगेको छ ।

यस्तै, अर्को खेलमा भिल्लारियलले सेभिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ । सेभिल्लाको मैदानमा पाहुना टोली भिल्लारियलले दोस्रो मिनेटमै अग्रता लिएको थियो । अर्नट गोरेनभल्डले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा सेभिल्लाले बराबरी गोल गरेको थियो । उसका डोडी लुकेबाकियोले गोल गरेपछि पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो । बराबरीतर्फ उन्मुख खेलमा भिल्लारियलले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै आफ्नो पक्षमा ३ अंक लिन सफल भयो ।
अयोज प्रेजले अतिरिक्त सयमको पाँचौं मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । ला लिगामा भिल्लारियलले २ खेलबाट ४ अंक बनाएको छ भने सेभिल्लाको २ खेलबाट १ अंकमात्रै छ ।

Logo