राजु मास्टर र बल्छी धुर्वेले ‘मेरी बास्सै’ छोडे

राजु मास्टर र बल्छी धुर्वेले ‘मेरी बास्सै’ छोडे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) ले अलग भएको घोषणा गरेका छन् । ‘मेरी बास्सै’ मा उनीहरु अभिनय र निर्देशन गर्दै आएका थिए ।

फेसबुकमार्फत उनीहरुले कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको जनाएका छन् । मेरी बास्सैलाई एक दशक अगाडिबाट सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए ।

सुरुमा निकै लोकप्रिय बनेको उक्त श्रृंखलाबाटपछि केदार अलग भए । यसैगरी सामाजिक गतिविधिमा सक्रिय भएपछि धुर्मुसले पनि यसबाट हात झिके । माग्नेबुढा र धुर्मुस दुवैले छोडेपछि राजु मास्टर र बल्छी धु्र्वेले जिम्मेवारी पाएका थिए ।

Skip This
Skip This
Logo