धेरै बिश्वविद्यालय खोल्नुपर्नेमा कांग्रेसको जोड (भिडियोमा)

धेरै बिश्वविद्यालय खोल्नुपर्नेमा कांग्रेसको जोड (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आवश्यकता अनुसार विश्वविद्यालय खोल्न दिईनुपर्ने बताएको छ ।

सरकारले नया विश्वविद्यालय संचालनका लागि अनुमति दिन रोक लगाईरहेका बेला कांग्रेसले मुलुकमा जतिसक्दो धेरै विश्वविद्यालय खोलिनुपर्ने धारणा अघि सारेको हो । विकास र सम्मृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै कांग्रेसले विकास र सम्मृद्धिको नारा लगाएको सरकारले नया विश्वविद्यालय संञ्चालनका लागि रोक लगाउन नमिल्ने तर्क गरेको छ ।

शंकरदेव क्याम्पस नेविसंघ इकाईले सनिबार राजधानीमा गरेको संघियतामा शिक्षा विषयक अन्तरक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै विश्वविद्यालयहरु खोल्न दिइनुपर्ने धारणा राखेका हुन् ।

सभापति देउवाले धेरै विश्वविद्यालय संञ्चालनमा ल्याउनका लागि उपयुक्त र प्रभावकारी व्यवस्थापनको आवश्कता औँल्याए ।

कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले नया विश्वविद्यालय स्थापनाका लागि सरकारले यस सम्बन्धी कानुनी प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राखे । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका कतिपय क्याम्पसहरु स्वयम् विश्वविद्यालय हुन सक्ने क्षमता राख्ने भन्दै उहाँले दर्जन बढीलाई सम्बन्धन दिन सक्ने गरि त्रिविको क्षमता विस्तार गरिनुपर्नेमा जोड दिएका छन् ।

धेरै विश्वविद्यालय खोल्दा गुणस्तरीयता कायम हुन सक्दैन भनेर नया विश्वविद्यालयको अनुमति दिने सवालमा अनुदार हुन भन्दा सम्बन्धित र नियामक निकायबाट अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।

विश्वभरका विकसित देशले दक्ष जनशक्ति उत्पादनलाई नै मुख्य प्राथमिकता दिने गरेको भन्दै उनले विषयगत विश्वविद्यालय नखुलेसम्म विकासले फड्को मार्न नसक्ने दाबी गरे । उनले व्यवहारिक र विषयगत विश्वविद्यालय संञ्चालनलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

Logo