आज विश्व क्षयरोग दिवस : नेपालमा पनि विविध कार्यक्रम गरि मनाईंदै

आज विश्व क्षयरोग दिवस : नेपालमा पनि विविध कार्यक्रम गरि मनाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

‘छुटेका १० हजार क्षयरोगका बिरामीलाई खोजौं, समुदायमा क्षयरोग फैलनबाट रोकौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व क्षयरोग दिवस मनाईंदै छ ।

दिवसको अवसरमा क्षयरोगका क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसकारी संस्थाले बाहिर रहेकालाई उपचारको पहुँचमा ल्याउन र क्षयरोग लाग्न नदिने उपायका बारेमा विभिन्न कार्यक्रम गर्दैछन् । गरीबको रोगका रुपमा चिनिने क्षयरोगबाट नेपालमा वर्षेनी ४५ हजार नागरिक संक्रमित हुने गरेका छन् । त्यसमध्ये हरेकवर्ष १० हजार क्षयरोगी उपचार सेवाबाट बाहिर रहने गरेका छन् ।

नेपालमा अहिले ८० हजार ५ सय क्षयरोगी रहेको सरकारी तथ्याङ्क छ । गरिबी, चेतनाको अभाव र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको पहुँच नपुग्ने भएकाले बिरामी स्वास्थ्य सेवाको पहुँचमा आउन नसकेका हुन् ।

ग्रामीण क्षेत्रमा क्याम्पहरु संचालन गर्ने, खकार परीक्षणका लागि ल्यावको व्यवस्था गर्ने, ल्याब नभएका ठाउँबाट कुरियर्स गरेर भएपनि खकारको परीक्षण गर्ने, जनचेतना जगाउने र आर्थिक अवस्था सुधार्नका लागि कार्यक्रम ल्याएमा मात्र क्षयरोगी स्वास्थ्य सेवाको पहुँचमा आउने चिकित्सकहरु बताउँछन् ।

मानिस दुव्लाउँदै जाने, बेलुकीपख ज्वरो आउने, खाना रुची नहुने, छाती दुख्ने, रगत मिसिएको खकार आउने लगायतका लक्षण देखिएमा क्षयरोग लागेको हुन सक्छ । शरीरमा रोगसंग लड्ने क्षमता कम भएकालाई यो रोगले आक्रमण गर्छ । विश्वमा हरेकवर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिएको छ ।

Logo