यस वर्षको किड क्वीन प्रतियोगिता लाख बत्ती बालेर आरम्भ

यस वर्षको किड क्वीन प्रतियोगिता लाख बत्ती बालेर आरम्भ

केन्द्रबिन्दु
60
Shares

यस वर्षको किड क्वीन प्रतियोगिता लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ती र सुख समृद्धिको कामना गर्दै आरम्भ भएको छ।

नेप्लीज फेशन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको किड क्वीन प्रतियोगिताको १९औं संस्करणमा सामेल प्रतियोगीहरुबाट बंगलामुखी मन्दिरमा लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र समृद्धिको कामना गर्दै यो प्रतियोगिता आरम्भ गरिएको हो। प्रतियोगीतामा ४० जना प्रतियोगी सामेल छन्।

कार्यक्रम मिस नेवाः कृषा महर्जन र सकिना महर्जन, प्रतियोगिीहरुका अभिभावक तथा शिक्षक शिक्षिकाको सहभागीता एवं बंगलामुखी सहकारीको सहयोगमा सम्पन्न भएको हो। सहभागीहरुलाई संस्कार सिकाउन र मानिसको जीवनमा धर्मको महत्व दर्शाउन यो कार्यक्रम आयोजना गरिएको आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्।

उनका अनुसार कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ। प्रतियोगिताका सहभागीहरुलाई विभिन्न सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरिने पनि उनले जानकारी गराइन्। प्रतियोगीहरुलाई अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न विषयको तालिम र प्रशिक्षण दिईरहेको आयोजकले जानकारी गराएका छन्।

प्रतियोगिता विजया दशमीपश्चात जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ। प्रतियोगितामा मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमीला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजनमा हुनेछ।

Logo