पौडी प्रशिक्षक प्रशिक्षण तालिम दिँदै नेपाल पौडी संघ

पौडी प्रशिक्षक प्रशिक्षण तालिम दिँदै नेपाल पौडी संघ

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा ललितपुरस्थित सातदोबाटो पौडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिमको नेपाल पौडी संघका अध्यक्ष जगत मान श्रेष्ठले उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै श्रेष्ठले आगामी वर्षदेखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने बताए । भाद्र १५ गतेसम्म चार दिन चल्ने तालिममा २५ जना प्रशिक्षार्थी सहभागी रहेको संघले जनाएको छ । पौडी प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजतालाई मध्यनजर गर्दै यो वर्ष संघले पाँच प्रदेशसहित केन्द्रमा तालिम सञ्चालन गर्न लागेको हो ।

कोशी, कर्णाली, सुदुरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा आगामी भाद्र अन्तिमदेखि तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिइसकेको संघका प्रवक्ता उमेश प्रधानले बताए ।

Logo