चलचित्र ‘ए मेरो हजुर ३’ मा समावेश गीत ‘परान परान’ले युटुबमा नयाँ रेकर्ड बनाएको छ । नेपाली चलचित्रको कुनै पनि गीतले सार्वजनिक भएको २४ घन्टा नवित्दै दश लाख क्लिक यस अघि पाएको थिएन । तर, यो गीतले २४ घन्टामा १० लाख भन्दा ‘भ्यूज’ बटुल्दै युटुबमा नयाँ रेकर्ड बनाएको छ ।
संगीतकार एबं बाध्यबादन संयोजकको काम गर्दै आइरहेका आशिष अविरल र चर्चित गायिका अन्जु पन्तको स्वर रहेको यो गीत आनन्द अधिकारीले लेखेका हुन । लोक लयमा आधारित गीत गाउन पोख्त हुदै गईरहेकी गायिका अन्जु पन्तको स्वरले गीतलाई बेग्लै मिठास प्रदान गरेको छ । शब्दलाई ‘टिपिकल उच्चारण’ गर्दै लयमा उनेर आशिष अविरलले कमाल गरेका छन् । संगीतकारको रुपमा ख्यातीप्राप्त अविरल उम्दा पार्श्वगायक पनि हुन भन्ने कुरा यो गीतबाट प्रमाणित गरेका छन् ।
सुनिलकुमार थापाको निर्माणमा निर्देशक झरना थापाले निर्देशन गरेको चलचित्रको यो गीतलाई निकै रुचाइएको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक अनमोल केसी, नायिका सुहाना थापा, नायक सलोन बस्नेत, कलाकार रेअर राई लगायतको नृत्य हेर्न सकिन्छ । चलचित्रमा नायक आमेष भण्डारी दुलाहाको भेषमा देखिएका छन् ।
चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्रको पहिलो गीत ‘जिन्दगी नै भन्दिन’ले पनि २० लाख भन्दा बढी भ्यूज बनाइसकेको छ । यसैले गीतसंगीतको मामालामा चलचित्र ‘ए मेरो हजुर ३’ चर्चामा छ । चलचित्रको ट्रेलर बुधबार सार्वजनिक हुँदैछ ।
यसअगाडि २४ घन्टामा चलचित्र ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी’ बोलको गीतले ८ लाख ४७ हजार पटक भ्यूज कमाउँदै युटुबमा रेकर्ड बनाएको थियो भने पहिलो नम्बरमा बोलको छक्का पन्जा फिल्मको गीतले झन्डै छत्तिस घन्टामा दशलाख भ्यु को रेकर्ड बनाएको थियो ।
युटुबमा देखिने भ्यूजले हलमा दर्शक उर्लिएको भने देखिएको छैन । यसैले युटुबमा देखिएको भ्यूजमा मात्र रमाएर निर्माता दंग पर्नु पनि हानिकारक हुनसक्छ । तर, युटुबमा देखिने यो खालको गीत र ट्रेलरको क्रेजले चलचित्रको व्यापारमा केही मात्रामा फाइदा भने गर्छ ।
[youtube https://www.youtube.com/watch?v=KyRYgxnx0WM]





























प्रतिक्रिया