काठमाडौँ । संस्कृतमा ‘प्राश’को अर्थ विशेष रूपमा तयार पारिएको परिकार भनेर बुझिन्छ भने ‘च्यवन’ एक त्यस्तो ऋषिको नाम थियो जसको युवावस्था र स्वास्थस्फूर्ति दिगो रूपमा कायम गर्नका लागि यो पोषणयुक्त आयुर्वेदिक सम्मिश्रणको विकास गरिएको थियो । तसर्थ सो आयुर्वेदिक सम्मिश्रणको नाम ‘च्यवनप्राश’ रहन पुग्यो । एक स्वस्थ पूरकका रूपमा डाबर च्यवनप्राशलाई बालकदेखि वृद्ध सबै उमेरका व्यक्तिहरूले उच्चतम् स्वास्थ्य लाभ र रोग प्रतिरोधात्मक शक्तिका लागि सेवन गर्न सक्दछन् ।
रोग प्रतिरोधात्मक ४० वटा आयुर्वेदिक जडिबुटीको सम्मिश्रणबाट तयार पारिएको डाबर च्यवनप्राशले शरीरलाई जीवाणु, किटाणु, धुलो र धुवाँ तथा मौसम परिवर्तनबाट हुनसक्ने रुघाखोकीबाट बच्न मद्दत गर्दछ । भिटामिन सी र एन्टीअक्सिडेन्टहरूको स्रोतका रूपमा डाबर च्यवनप्राशले थुप्रै स्वस्थकर लाभहरू प्रदान गर्दछ ।
स्वास्थ्य लाभहरू
डाबर च्यवनप्राशमाथि भएका क्लिनिकल परीक्षणहरूले प्रमाणित गरेका छन् कि यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता र शारीरिक शक्ति बढाउनुका साथै शरीरलाई थप स्टामिना तथा ऊर्जा पनि प्रदान गर्दछ ।
रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाइ रुघाखोकी जस्ता संक्रमणहरूसँग लड्ने क्षमता विकास गर्छ ।
स्वस्थ मुटु
मुटुलाई स्वस्थ राख्नुका साथै स्वासप्रस्वासको सहज प्रक्रियालाई सहयोग पुर्याउँछ ।
संक्रमण रोकथाम
मौसम परिवर्तनबाट हुनसक्ने संक्रमणको रोकथाममा सहयोग गर्दछ ।
शारीरिक ऊर्जा कायम
शरीरको ऊर्जा तथा शक्तिको स्तर कायम राख्दछ ।
पाचन प्रक्रिया
पाचन प्रक्रियालाई सहज बनाउन सहयोग गर्दछ ।
छालाका कोषहरूको संरक्षण
बढ्दो उमेरसँगै छालामा आउने बदलाव तथा हानीबाट बचाउँछ ।
स्वस्थ कोलेस्ट्रोल
रगतमा ग्लुकोज र कोलेस्ट्रोलको स्तर कायम गर्छ ।
प्रजनन तन्तुहरूलाई पोषण प्रदान
प्रजनन तन्तुहरूलाई पोषण प्रदान गर्नुका साथै यसको पुनरुत्थानमा मद्दत गर्दछ ।
ओजसको विकास
युवावस्था तथा पोषणको मर्म-ओजसको उचित विकास गर्दछ ।
रगतको शुद्धीकरण
रगतबाट हानिकारक तत्वहरू हटाउनुका साथै यसको शुद्धीकरणमा मद्दत गर्दछ ।
स्वासप्रस्वासका नलीहरूको सफाइ
स्वासप्रस्वासका नलीहरूलाई सफा राख्न मद्दत गर्दछ ।
रक्तचाप
रक्तचापको स्तर सामान्य राख्न मद्दत गर्दछ ।
आन्तरिक अंगहरूलाई सुरक्षा प्रदान
म्युकस मेम्ब्रेन्नहरूलाई पोषण प्रदान गरी बाहिरी हानिकारक तत्वहरूलाई शरीरमा हानी पुर्याउनबाट रोक्दछ ।
शारीरिक पोषण
शरीरको प्राकृतिक प्रतिरक्षा पद्धतिको संरक्षणसँगै यसलाई पोषण प्रदान गर्दछ ।
शारीरिक शक्ति
शरीरलाई पोषणसँगै शक्ति र ऊर्जा प्रदान गर्दछ ।





























प्रतिक्रिया