सांसदहरूले किन देख्दैनन् जनताका वेदना र कष्ट ? : राजधानीभित्र समस्या नै समस्या

सांसदहरूले किन देख्दैनन् जनताका वेदना र कष्ट ? : राजधानीभित्र समस्या नै समस्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

लोकतन्त्रबारे पूर्वअमेरिकी राष्ट्रपति अब्राहम लिंकनको चर्चित भनाइ छ, ‘लोकतन्त्र भनेको जनताले जनताद्वारा जनताका लागि गर्ने शासन व्यवस्था हो ।’ यो भनाइ तब मात्र सार्थक हुन्छ, जब जनताद्वारा निर्वाचित सांसदले सर्वोच्च संस्था संसदमा जनताका समस्यालाई निरन्तर मुखरित गरिरहन्छन् । जनताका समस्या उठाउनु र नीति निर्माणबारे बोल्नु सांसदहरूको पहिलो जिम्मेवारी हो । तर संसदमा केही यस्ता सांसद छन् जो प्रायः चुपचापै बस्छन् । अझै सबैभन्दा उदेक लाग्दो विषय त यो छ कि यसरी चुपचाप बस्नेमा अधिकांश काठमाडौं उपत्यकाकै सांसद छन् ।

उपत्यकामा धुँवा धुलोदेखि सडक व्यवस्थापनका समस्या बग्रेल्ती छन् । ती समस्याबाट जनता दिक्क भइसकेका छन् तर तिनै जनताको प्रतिनिधित्व गरेर संसदमा गएका सांसदहरू काठमाडौंवासीका तमाम समस्यासँग बेखबर जस्तै बन्न पुगेका छन् ।

राजधानीका समस्या सधैं देखे भोगेको भए पनि सांसदहरूले सदनमा भने सशक्त आवाज उठाउन सकेका छैनन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदमध्ये २८ जना सांसद उपत्यकाका तीन जिल्लाबाट प्रतिनिधित्व गर्दछन् । उनीहरूले आफ्ना क्षेत्रका समस्याका विषयमा सदनमा सशक्त आवाज नउठाउँदा यहाँका समस्या ज्युँका त्युँ रहेको छ ।

केही सांसदहरूले सदनमा समस्या उठान गर्ने गरे पनि बुलन्द आवाज उठ्न नसक्दा उपत्यकाको समस्यामा संसद् मौन जस्तै छ । संसद्का हरेक बैठकमा पुग्ने र हाजिर गर्ने, त्यसपछि बस्न मन लागे संसदमा बस्ने नभए क्यान्टिनमा गएर दिन बिताउने सांसदहरू पनि छन् ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरबाट दुई सांसदले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दछन् । भक्तपुरबाट प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल सबैभन्दा बढी संसदमा आफ्नो धारणा राख्ने सांसद हुन् । उनले हरेकजसो बैठकमा उपत्यकाको समस्याको विषयमा आवाज उठाउने गरेका छन् ।

यस्तै भक्तपुरबाट नै प्रतिनिधित्व गर्ने अर्को सांसद हुने नेकपाका महेश बस्नेत । उनी पनि सदनमा प्रायः उपस्थित हुन्छन् । तर उनी आफ्नो धारणा राख्ने क्रममा सरकारको बचाउमा शब्द खर्चन्छन् । उनले सरकारले गर्नुपर्ने कामको विषयमा कुनै प्रश्न उठाएका छैनन् । यस्तै ललितपुरबाट प्रतिनिधित्व गर्ने चार सांसदमध्ये बैठकमा पनि कम उपस्थित हुने र कुनै धारणा नराख्ने नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका उमेश श्रेष्ठ छन् ।

उनी प्रायः संसदमा मौन हुन्छन् । उनले उपत्यकाका समस्याहरूको विषयमा कुनै आवाज उठाएका छैनन् । यस्तै केही समस्याको विषयमा आवाज उठाए पनि त्यसमा कुनै चासो नभएको प्रति नेकपाकी सांसद पम्फा भुसाल गुनासो गर्छिन् । उनी उपत्यकाका समस्या विषयमा आवाज उठाउने ललितपुरबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । अन्यमा नवराज सिलवाल र कृष्णलाल महर्जन भने खासै आफ्नो निर्वाचन क्षेत्रको समस्याका विषयमा सदनमा आवाज उठाउँदैनन् ।
राजधानीबाट

Logo