सुरज कुमारको नाच न नाच न सार्वजनिक ( भिडियो सहित )

सुरज कुमारको नाच न नाच न सार्वजनिक ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विगत २५ वर्षे देखी नेपाली संगीत क्षेत्रमा निरन्तर लागी रहेका चर्चित युवा गायक सुरज कुमार थापाको आधुनिक पुस्तालाई लक्षित गर्दै बिलकुलै फरक धारको नयाँ तथा रमाईलो “नाचन नाचन”बोलको गीत सार्वजनिक भएको छ ।

सन्तोष बस्न्यातको प्रस्तुती तथा शब्द र संगीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन सुरज कुमार थापा स्वयंको रहेको छ । नेपाली लोक तथा आधुनिक बाध्य यन्त्रहरुको कुशल संयोजनमा तयार पारिएको यस गीतलाई मिक्सिङ तथा मास्टरिङ अशोक महर्जन र रेर्कडिङ शम्भु कुमार तण्डुकारले गरेका छन् ।

प्रज्ञा एच.डी. रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको उक्त रमाईलो गीतको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन अमृत शाहि ठकुरीले गरेका छन् भने कलाकारहरुमा स्वयं अमृत शाही ठकुरी, मोनिका तामाङ, सन्तोष बस्न्यात, आर्य के.सी, सन्देश शर्मा र विविध ब्याण्डलाई प्रस्तुत गरिएको छ भने जि.ए.फेथ. डि. एम. क्रियशनको नृत्य प्रस्तुती रहेको छ ।

अहिलेका चर्चित सिनेम्याटोग्राफर ज्ञानेन्द्र शर्मा हुँमागाईले छायाँकन गरेको उक्त भिडियोलाई चर्चित सम्पादक विकाश ज्ञवालीले सम्पादन गरेका छन् भने नृत्य निर्देशक रे ज्याक खड्का, सहायक निर्देशन निरजन महत र मेक अप अनिता ग्वाचाको रहेको छ ।

विगत १५ वर्ष देखी चर्चित नेपाली सांगीतक समुह “नेपथ्य”मा समेत सकृय सदस्यको रुपमा आबद्ध रहेका गायक सुरज कुमार थापा विगत १७ वर्ष देखी विभिन्न विद्यालयहरुमा संगीत शिक्षकको रुपमा समेत कार्यरत रहेका छन् ।

“पश्चिम कोही पूर्व घर” (चर्चित राष्ट्रिय गीत) , “यस पालि त जन्ते बाख्रो खान पाईने भो” (चर्चित चलचित्र गित), “गहिरो घाउ”, “भो माया अब लाउँदिन” र “नाम बिना” जस्ता ख्याति प्राप्त गीतहरुमा स्वर दिईसकेका गायक सुरज कुमार थापाले हाल सम्म “चिनारी”, “क्यानभास”, र “परिभाषा” गरी ३ वटा एकल एल्बम र अन्य थुपै्र कलेक्सन एल्बमहरु र केही नेपाली चलचित्रहरुमा समेत आफ्नो पाश्र्व स्वर दिईसकेका गायक थापाले वि.सं. २०४८ सालमा रेडियो नेपालबाट आधुनिक गायन तर्फ स्वर परिक्षा उतिर्ण गरी हाल सम्म रेडियो नेपालमा थुप्रै आधुनिक, राष्ट्रिय, भजन, लोक तथा केही बालगीतहरुमा आफ्नो स्वर दिईसकेका छन् ।

गितको म्युजिक भिडियो डि.ए.आर. मुभिजको आधिकारिक युटुव च्यानलबाट आम दर्शक तथा स्रोतामाझ ल्याईएको छ । हेरौं यो म्युजिक भिडियोमा :

Logo