शशांक कोइरालामाथि गगन थापा फायर (भिडियोमा)

शशांक कोइरालामाथि गगन थापा फायर (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन् ।

नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टी भित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने चेतावनी दिए ।

उनले नेताहरुलाई पार्टी भड्खालको जाने र नेता कार्यकर्ता आफै अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गरे । यसअघि कांग्रेस महामन्त्री महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएका थिए ।

होलीको अवसरमा आफ्नै निवासमा आयोजित कार्यक्रममा महामन्त्री कोईरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारेका थिए । उक्त अभिव्यक्तिको नेपाली कांग्रेसभित्रबाटै विरोध भएपछि २४ घण्टा नबित्दै सच्याएका थिए ।

Skip This
Skip This
Logo