साफ च्याम्पियनपशिप फाइनलकाे पहिलो हाफमा बङ्गलादेशलाई अग्रता

साफ च्याम्पियनपशिप फाइनलकाे पहिलो हाफमा बङ्गलादेशलाई अग्रता

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बङ्लादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयको खेलमैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बङ्गलादेशले नेपालमाथि १–० गोलको अग्रता बनाएको हो । खेलको नवाैं मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बङ्गलादेशका ‘किपर’ मोहमद आसिफले बचाउ गरे ।

त्यसपछि पनि खेलको विभिन्न समयमा नेपालले गोल गर्न प्रयास गरे पनि असफल बनेको छ ।

बङ्गलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्न चाहन्छ । यसअघि नेपालले सन् २०१५ र १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो । त्यसो त बङ्गलादेश पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ ।

Logo