काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्न लागेकी छन् । उनी नेपाली सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार श्रद्धा चाँडै नेपालकी बुहारी बन्न लागेकी हुन् ।
श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग विवाह गर्न सक्ने भारतीय सञ्चारमाध्यमको दाबी छ । रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । राकेशले आफ्नो जीवनमा ६ सय भन्दा बढि फिल्मको सुट गरेका छन् । श्रद्धा र रोहन गत वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । उनीहरु बच्चादेखिका साथी हुन् ।
३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।
रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।
रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।





























प्रतिक्रिया